
दमाैली : नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँको अध्यक्षमा सुजित हिराचन चयन भएका छन् । जिल्ला समन्वय समितिको शनिबार सम्पन्न छैटौ अधिवेशनबाट अध्यक्षतामा हिराचनलाई चयन गरिएको हो ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा नन्दु थापा, उपाध्यक्षमा तीर्थ दरै, महिला उपाध्यक्षमा सरु कुमाल, सचिवमा सचिवमा यामु गुरुङ, सहसचिवमा शेरबहादुर बोटे र कोषाध्यक्षमा तारा मल्ल चयन भएका छन् ।
सदस्यहरुमा पृथ्वी भुजेल, दिपक राई, कृष्णबहादुर दुरा चयन भएका छन् ।
तीन जना सदस्य मनोनित गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?