दमौली : कम्प्युटर एसोसिएशन नेपाल (क्यान) महासंघ तनहुँको अध्यक्षमा विश्व प्रकाश भुषाल भएको छ । जिल्लाको दशौ साधारणसभा तथा पाँचौ अधिबेशनबाट भुषालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएका हो ।
उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा सुशिलकुमार श्रेष्ठ, कोषाध्यक्ष मिनबहादुर कुवर, सहसचिव सिता पाण्डे , सदस्यहरुमा रामप्रसाद भुषाल, उमेश भुषाल, पवन पौडेल, श्रवण श्रेष्ठ चयन भएको छ।
कार्यक्रममा (क्यान) गण्डकी प्रदेशका अध्यक्ष तुलसीराम पाण्डे, उद्योग वाणिज्य संघ तनहूँका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठ , नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेल, आदिकवि भानुभक्त क्याम्पस प्रमुख महाप्रसाद हड्खले, निवर्तमान अध्यक्ष टिकाराम पनेरु लगायत उपस्थित रहेको थिए ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?