दमाैली : तनहुँको बन्दीपुर गाउँपालिका-४ विमलनगरस्थित यातायात कार्यालयमा सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा भोलि सञ्चालन हुने भएको छ ।
मंसिर २५ गतेदेखि २८ गतेसम्म बायोमेट्रिक दर्ता गराएका नयाँ परीक्षार्थीका लागि लिखित परीक्षा भोलि सञ्चालन गर्न लागिएको निमित्त कार्यालय प्रमुख रामप्रसाद शर्माले जानकारी दिए । ।
निमित्त कार्यालय प्रमुख शर्माका अनुसार स्कुटर र मोटरसाइकल चालकका लागि शुक्रवार भोलि बिहान ११ बजे र कार, जीप र भ्यान चालकका लागि दिउँसो १ बजे लिखित परीक्षा सञ्चालन गरिनेछ ।
कार्यालयले यहीबाट सवारी चालक अनुमतिपत्र वितरण गर्न थालेकाे छ ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?