कार्तिक महिनाको उत्कृष्ट प्रहरीमा शर्मा

दमौली : जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्मा कार्तिक महिनाको उत्कृष्ट प्रहरी कर्मचारी घोषित भएका छन् ।

बिभागिय निर्देशनको पालना गरी व्यवसायिक, लगनशिल, कर्तव्यनिष्ठ र अनुशासित तवरले कर्तव्य पालनामा तल्लिन रही उच्च मनोबल र साहसका साथ काम गरेको भन्दै प्रहरी निरीक्षक शर्मा पुरस्कृत गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले प्रहरी निरीक्षक शर्मालाई  प्रमाणपत्र प्रदान गरेर पुरस्कृत गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँले हरेक महिना उत्कृष्ट काम गरेको प्रहरीलाई कर्मचारी घोषित गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?