पत्रकार महासंघ तनहुँको १३ औं साधारणसभा लुम्बिनीमा सम्पन्न

दमौली : नेपाल पत्रकार महासंघ तनहुँ शाखाको १३ औं साधारण सभा लुम्बिनीमा सम्पन्न भएकाे छ । शान्तिको भुमि लुम्बिनीमा एक समारोहका बीच शनिवार साधारणसभा सम्पन्न भएको हो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदिप काफ्लेले पत्रकारिता क्षेत्रमा राज्यतर्फबाट अन्यायमा परेकाे बताउनुभयाे । साेहि अबसरमा उहाँले सम्पूर्ण सञ्चारमाध्यमहरू एकजुट हुनुपर्ने बताए  । उनले स्थानीय तहहरूसंग समन्वय गर्दै सम्पूर्ण सञ्चारमाध्यम टिकाउन प्रयास गर्नुपर्नेमा जोड दिए  ।

महासंघका तनहुँका अध्यक्ष उज्ववल पाैडेलकाे अध्यक्षतामा सम्पन्न भएकाे उक्त साधारणसभामा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशकी उपाध्यक्ष साेनी शर्मा, प्रेस सेन्टर नेपाल तनहुँका अध्यक्ष साने बहादुर नेपाली, प्रेस चाैतारी तनहुँका  अध्यक्ष राजकुमार श्रेष्ठ (विवि), प्रेस युनियन तनहुँका अध्यक्ष अमर राज नहर्की, नेपाल पत्रकार महासंघ तनहुंका पूर्व अध्यक्षहरू प्रकाशचन्द्र भट्टराई, डम्बरबहादुर अधिकारी,प्रेम प्रसाद पाैडेल, निवर्तमान अध्यक्ष एवं सल्लाहाकार ओमकार आचार्य ,  निर्वाचन समिति संयाेजक कमलामाेहन वाग्ले, लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।

सचिव प्रताप रानाले सचिवकाे प्रतिबेदन र काेषाध्यक्ष बिमला कंडेल आर्थिक प्रतिवेदन संसाेधनसहित पारित गरेकाे छ । साेही अबसरमा ८ बुदे लुम्बिनी घाेषणापत्र समेत जाारी गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?