
दमौली : तनहुँको भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठी केन्द्रीय सदस्यमा चयन भएका छन् ।
संघको काठमाडौंमा सम्पन्न आठौं अधिवेशनबाट नगरप्रमुख त्रिपाठी केन्द्रीय सदस्यमा निर्वाचित चयन भएका हुन् ।
अध्यक्षमा धादिङको निलकण्ठ नगरपालिकाका नगरप्रमुख भीम ढुंगाना ,उपाध्यक्षमा सिन्धुपाल्चोकको चौतारासाँगागढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटा, महासचिवमा दाङको घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी,उपमहासचिवमा काठमाडौँ उपमहानगरपालिकाकी नगर उपप्रमुख सुनिता डंगोल चयन भएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?