म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले व्यवसायिक कृषकलाई लागि राहत दिनगाँउपालिकाले व्यवसायिक फर्मको अनुगमन गरेको छ । गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेको संयोजकत्वमा गठित समितिले पालिकाभित्र रहेर दर्ता गरेर व्यवसाय गरेका कृषकको अनुगमन तथा निरिक्षण गरेको हो ।
अनुगमनका क्रममा म्याग्दे ४ मा रहेको नवदुर्गा कृषि तथा पशु फर्म, आशिक भैसी फर्म थर्पु, कायस्थ कृषि तथा पशु फर्म मनहरी, राना वंगुर फर्म लम्तरी, मिलीजुली एकीकृत कृषि तथा पशुपंक्षी फर्म मनहरी, हिमचुली कृषि तथा पशुपंक्षी फर्म मनहरि, थर्पु पशुपंक्षी फर्म लगायतको व्यवसायिक फर्ममा निरिक्षण गरेको हो ।
गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कृषकले पालिका सँग व्यवासायिक कृषकलाई पालिकाले राहत दिनुपर्ने, वजारको व्यवस्थापन गर्नुपर्ने, औजार उपलप्ध गराउनुपर्ने धारणा राखेका थिए ।
सो क्रममा नवदुर्गा कृषि फर्मका संचालक युवराज शाहीले व्यवासायमा वैकवाट ऋण लिएर ठुलो लगानी गरेको तर वजारको व्यवस्थापन नभएको हुदाँ उत्पादित दुधले वजार नपाएको गुनासो गरे ।
पालिकाले व्यवसायिक कृषकका लागी यस आर्थिक वर्षमा वोका वितरणमा ३ लाख ५० हजार, औजार च्याप कटरमा १ लाख, माछाको भुरा खरिदका लागी, गोठ खोर निर्माणका लागि ४ लाख, लोकल कुखुरामा १ लाख विनियोजित वजेट वाट कृषकलाई अनुदान वितरण गर्न लागिएको अनुगमन समितिका संयोजक वालकृष्ण घिमिरेले वताए ।
उत्पादित वस्तुको वजारीकरणका सम्वन्धमा पनि पालिकाले चाडै नै धारणा वनाउने हुदाँ उत्पादनले मात्र समृद्ध म्याग्दे वनाउन सकिने हुदाँ असल कृषकलाई पालिकाले अनुदान दिने वताए ।
अनुगमनमा पालिकाका समितिका सदस्यद्धय हिरा गुरुङ, अनु महत श्रेष्ठ र शाखाका प्रमुख श्रीकृष्ण पौडेल रहेको थिए ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?