रेडक्रस सोसाइटी तनहुँको अध्यक्षमा प्रा.डा.गाैतम

दमौली : नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाको अध्यक्षमा प्रा.डा.कृष्णप्रसाद गाैतम सर्वसम्मत चयन भएका छन् । तनहुँ शाखाको  शनिबार भएको ४० औं वार्षिक साधारणसभा तथा १३ औं अधिवेशनबाट अध्यक्षमा प्रा.डा.गाैतम लाई सर्वसम्मत चयन गरिएको हो ।

त्यस्तै शाखाको उपसभापतिमा लकमलभक्त पोख्रेल र नारायणी अधिकारी, मन्त्रीमा सूर्यचन्द्र हड्खले, उपमन्त्रीमा केशव भट्टराई, कोषाध्यक्षमा प्रतापसिं अधिकारी, उपकोषाध्यक्षमा हरि सिग्देल सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा सुमन थापा, विमल गिरी, विवेक न्यौपाने, विपीन्द्र सेन ठकुरी, श्रीकृष्ण आचार्य, केशवराज पोख्रेल, कृष्णप्रसाद न्यौपाने, मथुरा कृष्ण श्रेष्ठको उम्मेदवारी परेको छ ।

महिला सदस्यहरूमा चिनु पोख्रेल, केशमाया गुरूङ र सरस्वती थापा चयन भएका छन् ।

पदाधिकारीमा सर्वसम्मत भए पनि सदस्यहरू ७ जनामा ८ जनाको उम्मेदवारी परेपछि सर्वसम्मत हुन नसकेको मतदान अधिकृत शिव काजी पिया ले बताए ।

अगाडि भएको उद्घाटन कार्यक्रमकाे कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति तनहुँका सभापति शान्तिरमण वाग्लेले उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?