काठमाडौं : नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । सूचना तथा सञ्चारमन्त्री नबनेसम्मलाई लामिछानेलाई प्रवक्ता जिम्मेवारी दिइएको हो ।
त्यस्तै, बैठकपछि नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतामा आमरुपमा आशा र भरोसा बढेको देखिएको बताएका छन् ।
उनले आफूहरुको अगाडि थुप्रै जटिलता र चुनौतीहरु भए पनि गएको निर्वाचनको परिणमअनुसार मन्त्रिपरिषदले समेटेको बताए ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?