ओलीलाई भेट्न अर्थमन्त्री पौडेल र गृहमन्त्री लामिछाने बालकोटमा

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रवि लामिछाने बालकोट पुगेका छन् । मंगलबार साँझ दुई उपप्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

भेटमा समसायिक विषयमा छलफल भएको ओलीको सचिवालयले जानकारी दिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधामन्त्री बनाउने सहमतिअघि पनि रविले ओलीलाई भेटेका थिए ।

रवि नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच मन्त्रालयमा दाबी गरेको छ । तर, प्रधानमन्त्री प्रचण्ड तीन मन्त्रालय मात्र दिन सकिने अडानमा छन् ।

नयाँ सत्ता गठबन्धनमा रास्वपा तेस्रो ठूलो शक्ति हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?