दमौली : अग्रज लोकगायक प्रेमराजा महतले गायिका शान्तिश्री परियारसँग मिलेर गाएको लोक गीत ‘बन्दिपुरैमा’लाई स्रोता एवं दर्शकहरुले रुचाए पछि यतिबेला उनले ‘बन्दिपुरैमा २– ढुंगेधारैमा’ ल्याएका छन् ।
गतवर्ष युट्युबमा सार्वजनिक भएको उक्त गीत हिट भएसँगै यतिबेला भने महतले शान्तिश्री परियारसँगै गाएका ‘बन्दिपुरैमा २– ढुंगेधारैमा’ ल्याएका हुन् ।
रामजी लामछानेको कोरियोग्राफी एवं अग्रज लोकगायक नारायण रायमाझीको निर्देशनमा गीतको भिडियोको छायांकन रहेको छ ।
तनहुँको बन्दिपुरमै पुगेर छायाँकन गरिएको भिडियोमा महत मोडल रीना थापा मगरसँग प्रस्तुत छन् ।गीतमा शब्द एवं संगीत महतकै छ भने बि.बि अनुरागीले गीतको एरेन्ज गरेका हुन् ।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर गीत सार्वजनिक गर्न लागिएको वरिष्ठ लोकगायक महतले जानकारी दिएका छन् । लामो समयदेखि अमेरिका बस्दै आएका उनले नेपाल आगमनको क्रममा नयाँ गीत ल्याउँदै आएका छन् ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?