दमौली : तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा बसको ठक्करबाट शनिबार स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मृत्यु हुनेमा भानु नगरपालिका–१३ सम्जुर बस्ने ३२ वर्षीय शेख महमद रखिम मियाँ रहेका छन् ।
पोखराबाट काठमाडौतर्फ जाँदै गरेको प्र.नं ३–०१–००६ ख ०९२४ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ग १३ प ३५५४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट घाइते मियाँको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।
बस चालक सिन्धुली गोलञ्जोरका ३३ वर्षीय चुक्तबहादुर ठकुरीलाई नियन्त्रणमा नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?