दमौली : मंगोल नेशनल अर्गनाइजेसन जिल्ला कार्यसमिति तनहुँ (तनहुँ सभा )ले संगठनको ३४ औं स्थापना दिवस भब्य रुपमा मनाएको छ । तनहुँको व्यास नगरपालिका-३ स्थित तमुसुधार समितिको भवनमा आइतबार आयोजित कार्यक्रममा शुभकामना अदानप्रदान गरि आफ्नो ३४ औं स्थापना दिवस मनाएको हो ।
अर्गनाइजेसनका केन्द्रीय सदस्य प्रबिना थापा मगरले अस्तित्वको निम्ति बैचारिक लडाइँ गर्ने जुझारु हुन मुलवासी मंगोलहरुलाई आग्रह गरेका छन् । उनले मुलवासी मंगोलहरुलाई अवसर नदिएको गुनासो समेत व्यक्त गरेको छ ।
“हामीहरुको लागि अहिले सम्म अरुको लड्दै आएको थिए, उनले भने ” अब हामी मुलवासी मंगोलहरुको लागि लड्नुपर्ने अवस्था आएको छ , यस लागि हामी एकजुठ भएर लग्नुपर्छ । ”
अर्गनाइजेसनका जिल्ला अध्यक्ष प्रेम थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सदस्य भक्त बहादुर गुरुङ, घिरिङ गाउँपलिकाका अध्यक्ष दिलिप राना, आँबुखैरेनी गाउँपलिकाका अध्यक्ष बुद्धि गुरुङ, ऋषिङ गाउँपलिकाका अध्यक्ष भिम बहादुर आले, शुक्लागण्डकी नगरपालिकाका अध्यक्ष नम बहादुर राना, नगरपालिकाका अध्यक्ष ज्योति माया गुरुङ, व्यास नगरपालिकाका अध्यक्ष श्री माया थापा ,भिमाद नगरपालिकाका अध्यक्ष बिष्णु थापा लगायतले बोलेको थियो ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?