छाङ्ग सामुदायिक स्वास्थ्य ईकाईको उद्घाटन

दमौली : तनहुँको  म्याग्दे गाँउपालिका- ४ मा रहेको कोलडाँडामा छाङ्ग सामुदायिक स्वास्थ्य ईकाईको स्थापना गरेको छ । आइतबार एक कार्यक्रमका बीच छाङ्ग सामुदायिक स्वास्थ्य ईकाई  स्थापना गरेका हुन् ।

कार्यक्रममको उद्घाटन गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले स्वास्थ्य ईकाईको स्थापनाले यस भेगका वासिन्दालाई ठुलो राहत पुग्ने वताए । डडुवा, कोलडाँडा, पाण्डेथोक, पीपलथोक घना वस्ती भएको हुदाँ यस स्वास्थ्य चौकीले आम जनताको स्वास्थ्यमा धेरै राहत हुने वताए । पालिकाले ३७ प्रकारको औषधी निशुल्क दिन्छ, तर हामी सरकारी अस्पताको विश्वास नगरि निजि मेडिकलमा गएर उपचार गर्दछौ, जसले गर्दा ठुलो आर्थिक भार परेको छ ।

स्वास्थ्य जस्तो विषयमा हामी सवै सचेत हुनुपर्ने हुदाँ त्यसका लागी स्थानिय उत्पादित वस्तको प्रयोग र उत्पादनमा जोड दिनुपर्ने वताए ।

स्वास्थ्य ईकाईवाट ओपीडी सेवा, गर्भवती जाँच, प्रसुती जाँच, औषधी वितरण, समान्य घाउ चिरफार हुने आधारभुत अस्पता थर्पुका प्रमुख सुर्य कुमार श्रेष्ठले वताए ।

त्यसैगरि विशिष्ट अतिथी पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले सरकारले जनताको स्वास्थ्यमा धेरै लगानी गरेको तर जनताले त्यसलाई वेवास्ता गरेको वताए ।

पहिलो वर्ष पालिका भर जम्मा १५ जना स्वास्थ्कर्मी थियो । हामी पालिकाले जनताको आवश्यकतालाई मध्यनजर गरेर हरेक वडामा स्वास्थ्य केन्द्र स्थापना गरेर ३३ जना स्वास्थ्कर्मी राखेका छौ, त्यो जनताप्रतिको पालिकाको उत्तरदायित्व भएको वताए ।

म्याग्दे गाँउपालिकाका-४का वडाध्यक्ष दीपक कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका पालिका उपाध्यक्ष वालकृष्ण घिमिरे, कार्यपालिका सदस्य वद्रिका घिमिरे, जिल्ला समन्वय समितीका सदस्य डोल वहादुर सुनार,चण्डीदेवी आमा समुहको अध्यक्ष शान्तिमाया थापा लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?