परम्परागत आरन सञ्चालन गर्ने विश्वकर्मा सम्मानित

दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिकाले परम्परागत आरन सञ्चालक पुड्के विश्वकर्मालाई नगदसहित सम्मान गरेको छ।

गाउँपालिकाले एक कार्यक्रमका बीच विश्वकर्मालाई नगद र प्रमाणपत्रसहित सम्मान गरिएको हो।

परम्परागत आरनलाई आधुनिकीकरण गरी घरेलु सीपलाई उद्यममा विकास गर्न सहयोग पुर्‍याएको भन्दै मंगलबार नगद २० हजार रुपैयाँसहित पुरस्कृत गरेको गाउँपालिकाले जनाएको छ ।

चितवनको कालिका-४ स्थायी ठेगाना भएका पुड्के हाल आँबुखैरेनी गाउँपालिका -५ मा आरन संचालन गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?