जिल्ला अध्यक्ष घर्ती भन्छन् : व्यास नगरपालिकाको घटना निष्पक्ष छानबिन होस्

दमौली : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तनहुँका जिल्ला अध्यक्ष बिनोद घर्तीले व्यास नगरपालिकाको घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारवाही गर्न नगर प्रमुख बैकुण्ठ न्यौपाने संग माग गरेकी छन् ।

 

जिल्ला अध्यक्ष घर्तीले सामाजिक संजालमा एक विज्ञप्ति जारी गर्दै  सत्य तथ्य के हो तत्काल सर्वपक्षीय समिति बनाएर छानबिन गर्न नगर प्रमुख न्यौपानेलाई आग्रह गरेका हुन् ।

उनले लेखेका छन् : “व्यास नगरपालिकाको सत्य तथ्य के हो तत्काल सर्वपक्षीय समिति बनाएर छानबिन गर्न मेयरसावलाई आग्रह गर्दछु।नगरपालिका भित्रको मनपरी तन्त्र अन्त्य गर्नुपर्दछ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?