जेसीआई व्यास नगरको नयाँ पदाधिकारीको पदस्थापना

दमौली :  जेसिआई व्यास नगर २०२३ का लागि २८ औं शाखा अधिवेशन बाट निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । व्यास नगरपालिका -४ दरबार इभेन्टमा शनिवार आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष कृष्ण सुनवारले नवनियुक्त अध्यक्ष राजु रानालाई पदस्थापना गराए ।

शाखाको २९ औं स्थापना दिवसको अवसर परेर निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गराएका हुन्  ।

नेपाल जेसीजका अध्यक्ष विकाश मानन्धरको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अध्यक्ष रानासहित नव निर्वाचित पदाधिकारीले पदस्थापना गराईएको थियो ।

जेसीजका अध्यक्ष मानन्धरले जेसीजमा आवद्ध युवाहरुले नेतृत्व विकासमा जोड दिनुको साथै अनुशासनमा रहनु पर्ने बताए ।  व्यक्तिको विकास जेसीजले मात्र गर्न सक्ने उनले भनाई थियो।

कार्यक्रममा व्यास नगरपालिका नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ,शाखाका संस्थापक अध्यक्ष रामलाल श्रेष्ठ,तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पबिन्द्र कुमार श्रेष्ठ, जनप्रतिनिधि हरु, शाखाका पूर्व अध्यक्षहरू,गोरखा,कास्की, चितवनका जेसिज पदाधिकारी लगायतले उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?