अधिकृत र कर्मचारीबीचको घटना निष्पक्ष छानबिन गर्न राप्रपाको माग

दमौली : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) व्यास नगर कमिटिले प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीबीचको प्रकरणको निष्पक्ष छानबिन गर्न नगरपालिकासंग माग गरेका  छन् ।

व्यास नगर कमिटिका अध्यक्ष आइत बहादुर घलेले उप -प्रमुख इन्दिरा दरैलाई ज्ञापन पत्र बुझाउदै सत्य तथ्य के हो तत्काल सर्वपक्षीय समिति बनाएर छानबिन गर्न नगर प्रमुख न्यौपानेलाई आग्रह गरेका हुन् ।

ज्ञापन पत्र लेखेका छन् : “प्रशासकीय कामकाजमा समेत समस्या आउन सक्ने कुरालाई मध्यनजर गर्दै सर्वपक्षीय सहमति तथा उपस्थितिमा यथाशीघ्र सत्य तथ्य छानबिन गरी समस्या समाधान गर्न माग अनुरोध गर्दछु।”

उक्त प्रकरणले नगरवासीको शिर झुकाउनु पर्ने अवस्था आएको ज्ञापन पत्रमा उल्लेख गरेको छ ।

ज्ञापन पत्र 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?