नगरपालिकामा वेथिति झन् झन् बढ्दै गएको भन्दै वाईसीएलले बुझायो ज्ञापन पत्र

दमौली :  माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) व्यास नगर कमिटिले नगरपालिकामा वेथिति झन् झन् बढ्दै गएको भन्दै नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई ध्यानाकर्षण पत्र बुझाएको छ । नगरपालिका भित्र प्रमुख प्रशासकिय अधिकृत र कर्मचारी वीच भएको विवाद बाहिरिएपछि वाईसीएल व्यास नगर कमिटिका अध्यक्ष निर्दोश भट्टराई नेतृत्वमा विभिन्न माग राखी सोमबार नगरप्रमुखलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।

प्रशासनिक कर्मचारी प्रमुख प्रशासकिय अधिकृतको नेमप्लेट झिक्ने, कार्यालयको चावि खोस्ने, अभद्र व्यवहार गर्ने, अपसव्द प्रयोग गरि गालि गलौज गर्ने जस्ता कृयाकलाप स्थानिय तहका कर्मचारीहरुका लागि शोभनिय कार्य होइन र यस घटना प्रति आम नगरवासीहरुको चासोलाइ सम्वोधन गर्न माग गरेको छ  ।

साथै तत्कालै सर्वदलिय वैठक मार्फत नगरपालिका भित्रका बेतिथि र विकृतिको अन्त्य गर्न समेत माग गरेको छ  ।

नगरपालिकाको नेतृत्व बाट सुधारको लागि हिम्मतिलो कामको सुरुवात हुने छ भन्ने कुराको अपेक्षा आमनगरवासीले गरेका थिए अफसोच अपेक्षाकृत व्यास नगरपालिकाका कर्मचारीहरुको सहयोग सद्भाव रहनुपर्नेमा त्यसमाथि कुठराघात भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?