
दमौली : तनहुँको व्यासनगरपालिका -१४ मा रहेको शिवशक्ति आमा समुहले ३५ औं वार्षिकोत्सव मनाएको छ । सोमवार एक समारोहका विच ३५ औ वार्षिकोत्सव भव्य र उल्लासमय रुपमा मनाएको हो ।
वार्षिकोत्सव कार्यक्रमको उदघाटन गर्दै व्यास -१४ का वडा सदस्य नरीमाया रानाले शिवशक्ति आमा समुहले वडामा खेलेको भूमिका प्रसंशनीय रहेको वताईन । रानाले पछिल्लो समय वडामा धेरै कामहरुको विकास हुदै आएकोमा आगमी दिनमा आमा समुहको थप उत्साहले विकास हुनेमा विश्वास व्यक्त गरे ।
त्यस्तै कार्यक्रममा नगर केशवटार माविका बिद्यालय व्यवस्थान समितिका अध्यक्ष राम बहादुर आलेले समाजको विकासका लागि महिलाहरुको पनि पुरुषको जतिकै जिम्मेबार हुने वताए।
आमा समुहका अध्यक्ष नन्दा कुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रममा समुह पदाधिकारी, टोलका पदाधिकारी लगायत महिलाहरुको सहभागि रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?