उद्योग वाणिज्य संघ दमौली बजार इकाईको २७ औं साधारणसभा सम्पन्न

दमौली : तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाई समितिको २७ औं साधारण सभा सम्पन्न भएको छ । मंगलबार दमौलीमा आयोजित एक कार्यक्रमका बिच आफ्नो २७ औं साधारणसभा सम्पन्न  गरेका हुन् ।

कार्यक्रमको उदघाटन गर्दै तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले व्यवसायीक हितको लागि व्यवसायीहरु एक भएर लग्नु पर्ने जोड दिए । श्रेष्ठले तनहुँ उद्योग वाणिज्य संघलाई यहाँ सम्म पुर्याउनका लागि पुर्व अध्यक्षहरुको योगदान उल्लेखनीय रहेको वताए ।

साथै श्रेष्ठले चरको व्याजलाई तनहुँ उद्मोग वाणिज्य संघ ध्यानकार्षण गरेको बताए।

तनहुँ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष एवं महासंघका केन्द्रीय सदस्य वृघराज श्रेष्ठले पुर्व व्यवसायीहरु लाई अहिलेको स्थानीय तहले असहयोग गरेको बताए।

साधारण सभामा संस्थाको आ.व २०७८/७९ को प्रगती प्रतिवेदन र आव २०७९/८० को योजना तथा बजेट ,वार्षिक प्रदिवेदन इकाईका सचिव माधव न्यौपानेले प्रस्तुत गरेको थियो।

इकाईका सभापति भुपाल आलेको अध्यक्षतामा भएको कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष मंगल प्रसाद श्रेष्ठ, होटल व्यवसायी संघ तनहुँका अध्यक्ष दर्गा विलाश भट्टराई ,वाणिज्य संघकी महिला उद्यमीविकास समितिका सभापति सकुन्तला आले लगायतको व्यवसायी व्यक्तिहरुको उपस्थित रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?