बन्दिपुरकाे कुकुर्दिमा माघे सङ्क्रान्तिमा गाेरु जुधाइने

दमौली : तनहुँकाे बन्दिपुर गाउँपालिका-२ काे कुकुर्दिमा माघे सङ्क्रान्ति अर्थात माघ १ गते गाेरु जुधाईने भएकाे छ । नेपालीहरुकाे मुख्य पर्वकाे रुपमा लिईने माघे सङ्क्रान्ति पर्वकाे अवसरमा माघे सङ्क्रान्ति मेलामा पालिका भित्रका किसानले पालेका गाेरु जुधाउन पाईने छ ।

बन्दिपुर २ मा रहेकाे नारायण-गाेपाल युवा क्लवकाे आयोजनामा कुकुर्दिमा बर्सेनि गाेरु जुधाई प्रतियाेगिता हुँदै आएकाे छ ।

प्रतियाेगितामा पहिलाे हुने गाेरुका धनीले नगद १५ हजार पाउने छन् । भने दाेस्राे हुने धाेरुका धनीले ७ हजार पुरस्कार पाउने क्लवका अध्यक्ष उज्वल गुरुङले जानकारी दिए।

माघे सङ्क्रान्ति पर्वकाे अवशरमा क्लवले आमा समुहका लागि डाेरी तान्ने प्रतियोगिता , पुरुषका लागि बाँसकाे लिंगाेबाट भाले टिपाई प्रतियोगिता र खुल्ला तर्फ घैंटाे फुटाई प्रतियाेगिता गरिने छ भने विविध साँस्कृतिक कार्यक्रमकाे समेत हुने क्लवका बलराम खत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?