
ऋषिङ : तनहुँको ऋषिङ गाउँपालिकाले अयोजना गरेको तेस्रो म्याराथन प्रतियोगितामा महिला तर्फको उपाधि मनिषा थापाले उचालेकी छिन् । राष्ट्रिय एकता दिवसको अवसरमा सर्ट महिला म्याराथन अन्तर्गत १० किलोमिटर दौडमा थापा प्रथम भएकी हुन्।
त्यस्तैगरी रश्मी रानाभाट द्धितीय, सुस्मिता रानाभाट तृतीय र अन्जना चन्द सान्त्वना भएकी छिन् । म्याराथन प्रतियोगितामा महिला तर्फ कुल १९ जना धावकहरुको सहभागी रहेको थियो ।
प्रथम हुनेलाई रु २० हजार, द्धितीय हुनेलाई रु १५ हजार, तृतीय हुनेलाई रु १० हजार र सान्त्वना हुनेलाई रु दुई हजार पुरस्कार प्रदान गरिनेछ ।
धारुङबाट सुरु हुने म्याराथन शिव सरस्वती मावि, वडा भवन ७ हुँदै गाउँपालिका कार्यालय पुगेर सकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?