
दमौली : पर्यटकीयस्थल तनहुँको व्यास नगरपालिका-५ स्थित मानुङकोटमा नेपालको झण्डा राखिएको छ । बुधवार ३०१ औँ पृथ्वीजयन्तीको अवसरमा टिम नेपो तनहुँले मानुङकोटमा नेपालको झण्डा राखेको हो ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले अनावरण गर्दै पर्यटकीय सम्भावनायुक्त मानुङकोटलाई थप प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालको झण्डा राखिएकामा संस्थाको प्रशंसा गरे । पर्यटन प्रबद्र्धनको लागि व्यास नगरपालिकाले बजेट बिनियोजन गरी विकास निर्माणका कार्यलाई प्राथामिकता दिदै आएको बताए ।
व्यास नगरपालिका वडा नं ५ का वडा सदस्य खेम बहादुर थापा, निर्माण व्यवसायी संघ तनहुँका अध्यक्ष यग्य खनाल, युवा नेता तथा समाजसेवी हिरा थापा, सिद्ध युवा क्लवका अध्यक्ष प्रकाश थापा, टिम नेपो तनहुँका निवर्तमान अध्यक्ष मिन बहादुर कुँवर लगायत सहभागीता रहेको थियो।
मानुङकोटबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । जाडो मौसम भएको र मानुङकोटमा बिहानै घाम लाग्ने भएकाले पनि आन्तरिक पर्यटक बिहानै यहाँ पुग्ने गरेका छन् ।
दमौली बजारलाई कुहिराले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?