दमौली : तनहुँको म्याग्दे गाँउपालिकाको श्रम अनुगमन समिति तथा वाल संरक्षण समितिको क्षमता अभिवृद्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बिहिवार गाँउपालिका स्तरीय वालसंरक्षण समितिका संयोजक म्याग्दे गाँउपालिका उपाध्यक्ष वालकृष्ण घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले समापन गर्नुभएको उक्त कार्यक्रमको संयोजन एकीकृत हरित विकास नेपाल र ग्लोवल फेयरनेसले गरेको थियो ।
वालश्रम अभिमुखीकरण, वाल श्रम सम्वन्धि राष्ट्रिय नीति, गुरुयोजना २०७५/२०८५, स्थानिय तहमा वालश्रम निवारणको महत्व, वालश्रम मुक्त स्थानिय तह घोषणाको सुचकहरु म्याग्दे गाउँपालिकाको स्थितीको वारेमा प्रशिक्षक हरि सिंह गुरुङले दिए।
म्याग्दे गाँउपालिका, जिएफआई र एकीकृत हरित विकास नेपालको सहकार्य एवं आर्थिक सहयोगमा वालश्रममुक्त म्याग्दे गाँउपालिका निर्माण गर्न सरोकारवालको क्षमता विकास गर्दे अनुगमन संयन्त्रलाई सक्षम, दिगोन वनाउन र भविश्यमा वालमैत्री पालिका घोषणा गर्ने लक्ष्यका साथकार्यक्रम संचालन गरिएको एकीकृत हरित विकास नेपालका अध्यक्ष कमलहरि जिसीले वताए ।
कार्यक्रममा गुडवेभकाउमेश कुईकेलले वालश्रम अनुगमनमा वडा वाल संरक्षण समितीको भुमिका र चेकलिस्ट अभ्यासको वारेमा प्रशिक्षण दिनुभएको थियो भने जिएफआईका सुदिप सेडाईले नमुना नगरपालिकाको अवधारणा र वालश्रम श्रमनितीका वारेमा प्रशिक्षण दिए।
कार्यक्रममा सम्वोधन गर्दे म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ म्याग्दे गाँउपालिका वालश्रममुक्त पालिका घोषणा भईसेको र अव वालमैत्री पालिका घोषणाको अभियानमा अगाडी वढेको वताए।
दुई दिनसम्म चलेको अभिमुखीकरण कार्यक्रममा म्याग्दे गाँउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत नारायण प्रसाद अधिकारी, वडाध्यक्ष, सचिव लगायत सम्वन्धित व्यक्तित्वहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन महिला विकास तथा समाजकल्याण शाखाका प्रमुख शारदा ग्रैह्रेले गरेको थिए ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?