विमान दुर्घटना : उद्धार कार्य स्थगित, भोलि बिहानैदेखि थालिने

कास्की : पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटनाको उद्धार कार्य आज स्थगित भएको छ ।

सेती नदीको अप्ठेरो खोँचमा विमान दुर्घटना भएको र रातको समय भएकाले उद्धारमा कठिनाई भएका कारण भोलि बिहानैदेखि उद्धार कार्य थाल्ने गरी आजको लागि स्थगित गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।

“विमानमा सवारमध्ये हालसम्म चार जना अझै फेला पर्नुभएको छैन,” उनले भने, “पहिचान भएका पोखरा र आसपासका व्यक्तिको शव भोलि बिहान यहीँ नै आफन्तको जिम्मा लगाउने छौँ, काठमाडौंका र आफन्त काठमाडौं नै भएका एवं विदेशी यात्रुका शवलाई हेलिकोप्टरमार्फत पठाउने तयारी गरेका छौँ ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?