दमौली : हर्षपुर जेवाईसी कपको उपाधी खैरेनीटार युवा क्लवले हात पारेको छ । हर्षपुर ज्योति युवा क्लव म्याग्दे ७ ले आयोजना गरेको शुद्ध गाँउ तथा वडा भलिवल प्रतियोगिता खैरेनी युवा क्लवले जितेको हो ।
ज्योती युवा क्लवको २७ औ स्थापना दिवश तथा माघेसक्रान्तीको अवसर पारेर आयोजना गरेको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।
खेल राष्ट्रको पहिचान, पर्यटन प्रर्वद्दन हाम्रो अभियान भन्ने मुलका नाराको साथ शुरु गरिएको प्रतियोगित पुस २९ गते शुरु भई माघ १ गते समापन भएको हो ।
प्रतियोगितामा प्रथम हुने खैरेनीटार युवा क्लवले ३० हजार नगद राशि सहित ट्रफी र मेडल हात पारेको छ भने द्धितिय पुरस्कार ज्योति युवा क्लव हर्षपुरले जितेको छ । द्धितिय पुरस्कार विजेतालाई २० हजार नगद सहित ट्रफि र मेडल प्रदान गरेको छ भने तृतिय हुने अकला युवा क्लवलाई १० हजार नगद सहित ट्रफि र मेडल प्राप्त गरेका छन् ।
कार्यक्रमलाई सम्वोधन गर्दे म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठकोले खेल देशको गहना भएको वताए । खेल र खेलाडीले नै देशको नाम राखेको वताउनुहुदै खेल क्षेत्रका लागेर देशको नाम राख्न पनि आग्रह गरे ।
कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठ, नेपाली काग्रेस म्याग्दे गाँउ कमिटीका सचिव गौरव राना लगायतले धारणा राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?