
दमौली : तनहुँको व्यास नगरपालिका -३ प्रशासन चोकमा आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न दीप प्रज्वलन गरिएको छ ।
व्यास नगरपालिका -४ स्थित दमौलीयन्स युथ क्लबले सोमवार प्रशासन चोकमा भेला भएर दीप प्रज्वलन गरेका हुन् । दीप प्रज्वलन गर्दै गायिका आस्था राउतले दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली तथा परिवारजनलाई समावेदन प्रकट गरिन ।
आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६९ जनाको मृत्यु भएको छ । ३ जना अझै बेपत्ता छन् ।
राउत दमौलीमा भोलि हुने महिला सशक्तिकरण सम्बन्धि इभेन्ट “व्यास इभेन्ट”मा आफ्नो प्रस्तुती दिन दमौली आइपुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?