दमौली : नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले मंगलबार तनहुँको प्रसिद्व छाब्दी बराही मन्दिरको दर्शन गरेका छन्।
पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका निधिले तनहुँको व्यास नगरपालिका -१४ स्थित छाब्दी मन्दिरको भ्रमण तथा दर्शन गरेका हुन्।
परिवार सहित निधिले पुजा गरेका हुन्।
छाब्दी विकास कोषका अध्यक्ष हेम रानाभाट र उपाध्यक्ष दुर्गा मगर सहित स्थानियले नेता निधिलाई भादगाउले टोपी र खादा लगाएर स्वागत गरेका थिए।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?