आज सोनाम ल्होछार पर्व मनाइँदै

दमौली : तामाङ समुदायले नयाँ वर्षका रूपमा आज सोनाम ल्होछार मनाउँदै छन् ।

हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होछार यो वर्ष पनि विविध कार्यक्रम गरी मनाउन लागिएको हो ।

आजदेखि बाघ वर्ष पूरा गरी बिरालो वर्षमा प्रवेश गरेको मानिन्छ। आजदेखि २८५९ औँ वर्ष सुरु भएको मानिन्छ ।

यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा समेत दिएको छ । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ।

हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको पाईन्छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धानदाता टीका शेर्पाले जानकारी दिए। तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ।

महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको छ ।

आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?