
दमौली : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी)ले घिरिङ गाउँपालिका–३, सुन्धारा स्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १० कि छात्रा रमिला आले शिक्षकको पिटाई बाट घाईते भएको भन्दै आपत्ति जनाईएको छ ।
विद्यालयका प्रेमबहादुर थापाले अध्यपनको क्रममा लौरोले पिट्दा सख्त घाईते घटना प्रति आपत्ती जनाउदै सोमबार अनेरास्ववियु क्रान्तिकारी तनहुँले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेको हो ।
‘शान्तिपुर्ण बालमैत्री वातावरणमा अध्यापन गराउनु पर्ने नेपालको संविधान र विद्यार्थीको अधिकार विपरित उल्टै प्रधानाध्यापक जस्तो निर्णायक भूमिकामा रहेर पनि यस किसिमको गतिविधी विद्यार्थी समक्ष देखाउनु विडम्बनाको विषय उल्लेख गर्दै घाइतेको उपचारको खर्च भरण सहित दोषी उपर कडा कारवाही सम्बन्धित निकायमा अविलम्बको माग’, जिल्ला इन्चार्ज अमृत श्रेष्ठ र अध्यक्ष शिव बिश्वकर्मा द्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
आफ्नो स्थापना कालदेखि नै राजनीतिक अधिकार प्राप्ति सँगै शिक्षा क्षेत्रको आमुल परिवर्तनका लागि निरन्तर संघर्षरत रहेको विज्ञाप्तीमा उल्लेख छ ।
प्रेस विज्ञप्ति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?