दमौली : तनहुँको म्याग्दे गाउँपालिका -२ जामुनेमा रहेको राधा माध्यामिक विद्यालयले ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । मंगलवार विद्यालयले आफ्नो ४२ औं वार्षिकोत्सव मनाएको हो ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष छविलाल श्रेष्ठको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरे ।
विद्यालयको वार्षिकोत्सव कार्यक्रममा गाँउपालिकाका अध्यक्ष श्रेष्ठले अवको शिक्षा व्यवहारिक शिक्षा हुनुपर्ने वताए । राधा माविले म्याग्दे गाँउपालिकाको शिक्षाको हकमा धेरै ठुलो योगदान गरेको हुदाँ अवको शिक्षा व्यवहारिक हुनुपर्ने वताए ।
सिपमुलक शिक्षाले कोही पनि वेरोजगार वन्नुपर्ने अवस्था नभएको हुदाँ अवको शिक्षा त्यही दिशातर्फ उन्मुख हुनुपर्ने वताए ।
म्याग्दे गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले जीवनको मुख्य पाटो शिक्षा नै भएको वताए । अवको शिक्षा गुणस्तरीय शिक्षा र उपलव्धीमुलक हुनुपर्ने वताए । राधा मावि का विद्यार्थीले देश र समाजमा धेरै ठुलो योगदान रहेको वताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले विद्यालयको आर्थिक, भौतिक र शैक्षिक प्रतिवेदन पेश गरेका थिए ।
सो कार्यक्रममा म्याग्दे गाँउपालिकाका शिक्षा शाखाका प्रमुख वुद्धिसागर खनाल, म्याग्दे २ का वडाध्यक्ष शिव वहादुर रानाभाट, राजनैतिक दलका प्रतिनिधीहरु, समाजका अगुवा तथा वौद्धिक वर्ग, विद्यार्थीहरुले धारणा राखेका थिए ।
शिक्षक रामभक्त रानाभाटले संचालन गरेको सो कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रम तथा खेलकुद प्रर्दशन गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?