काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले निलम्बन फुकुवा भएसँगै सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन्।
उनले आफ्नो किशोर अवस्थाको तस्बिर सामाजिक ट्विटरमा राख्दै उनले लेखेका छन्, ‘समयसँगै फेरि भेटौँला।’ आफूले के भन्न खोजेको हो भनेर प्रष्ट लेखेका छैनन्। यद्यपि, फेरि मैदानमा फर्कन आँटेको आशय हो भनेर बुझ्न भने सकिन्छ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबारमात्रै सन्दीपमाथिको निलम्बन फुकुवा गरेको थियो।
सन्दीपविरुद्ध नाबालिग भनिएकी एक किशोरीले बलात्कारको आरोपमा लगाउँदै नेपाल प्रहरीमा जाहेरी दिऐपछि उनलाई गत भदौ २३ गते क्यानको कार्यसम्पादन समितिले निलम्बन गर्ने निर्णय गरेको थियो।
तर, उच्च अदालतको आदेशपछि २० लाख रुपैयाँ धरौटीमा रिहा भएपछि क्यानले उनीमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो। सन्दीप पुस २९ मा २० लाख धरौटी बुझाएर रिहा भएका थिए ।
यद्यपि, उच्च अदालतको निर्णयविरुछ मंगलबार नै महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत गएको छ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?