लुम्बिनी विकास वैंकले टोल-टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

दमौली : तनहुँको भानुनगरपालिका-१३ मा रहेको ग्रामीण बजार चन्द्रावतीमा लुम्बिनी विकास बैक लिमिटेडले घरदैलोमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ ।

नगरको समन्वयमा भानुको कृषि तथा ग्रामिण क्षेत्रको समग्र विकास गर्ने उद्धेश्यका साथ शाखा कार्यालय स्थापना गरी त्यस क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण जनतामाझ विभिन्न बैकिङ सेवाहरु प्रवाह गर्दै आएको छ ।

सोमवार भानु नगरपालिका-१२ का जनप्रतिनिधि र बैकको कर्मचारीको सहकार्यमा टोल टोलमा सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

सामान्य व्यक्ति जस्तो हिँडडुल गर्न सक्दिन, बैकसम्म पुग्न पनि टाढा हुदाँ भत्ता लिन समस्या भएको थियो अहिले घरमै भत्ता पाँउदा खुसी भएको जेष्ठ नागरिक इन्द्र माया गिरीले बताए । त्रैमासिक रुपमा पाँउदै आएको सामाजिक सुरक्षा भत्ता यसपाली भने टोलमै पाउँदा इन्द्रमाया जस्तै भानु नगरपालिका वडा न. १२ का अन्य जेष्ठ नागरिकहरु पनि खुसी छन् ।

शारीरिक समस्याका कारण सहजरुपमा हिँडडुल गर्न नसक्ने,अपाङ्ग भएका व्यक्ति, अशक्त बिरामी लगाएतका सेवाग्राहीलाई आगामी दिनमा पनि यसै गरी सेवा दिने वडा अध्यक्ष बेल बहादुर अधिकारीले बताए।

बैकले आगामी दिनमा नगरपालिका तथा वडासँग समन्वय गरी नेपाली अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको कृषिको व्यवसायीकरण,उत्पादन अभिवृद्धि, ग्रामीण रोजगारी सिर्जना बैकिङ सेवाको पाहुँच बिस्तार एवम् वित्तीय साक्षरताको क्षेत्रमा दुरदृष्टि लिई कार्य गर्ने बैकका कर्मचारी  सन्तोष सापकोटाले बताए।+

काठमाडौंको डिल्लीबजार स्थित मुख्य कार्यालय रहेका लुम्बिनी विकास बैकले देशका सात वटै प्रदेशमा ८८ वटा शाखा कार्यालयहरु र एक एक्सटेन्सन काउन्टर मार्फत कारोबार गर्दै आएको छ ।

यस बैकले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय,आधुनिक एवम् नविनतम प्रविधिहरु सहितको सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैँकले मुद्धती निक्षेप खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?