
दमौली : तनहुँको व्यास नगरपालिकाका नगर प्रमुख वैकुष्ठ न्यौपानेले दीर्घकालिन लक्ष्यका साथ काम गरिरहेको वताभएका छन् । व्यास नगरपालिका वडा नं ५ मा बुधवार आयोजित निस्सा वितरण कार्यक्रममा नगर प्रमुख न्यौपानेले सो कुरा वताएका हुन् ।
व्यास नगरपालिकाका जनतामा आवश्यकता धेरै भएको तर सवै पुरा गर्न नसकिदाँ त्यसले नकारात्मक धारणा गएको वताए । “७५ करोड अनुदान लिएर पराशर मार्ग, माहिन्द्रीमार्ग को निर्माण कार्यलाई पनि अगाडी वढाएको छौं ” उनले भने :”,खानेपानी, स्कुल, नगरपालिका अन्तर्गतक सडक लगायतको काममा पनि लागिरहेको छु” ।
नारेश्वरतालमा ताल निर्माण गर्न लागिएको, व्यास नगरपालिकाको पुरानो भवन भत्काएर नयाँ वनाउने अभियानमा पनि जुटेको नगर प्रमुख न्यौपानेले वताए।
उनले भने : मानुङको विकासमा वाटो पुर्णता नभएको हुदाँ त्यसलाई समेत पुर्णता दिने गरि योजना वनेको, चिन्तुटार र परेवाडाँडा जोड्ने पुल हामी निर्वाचित भएर आएपछि त्यसलाई गति दिएको, चिन्तुटारमा औद्योगिक ग्राम वनाउन लागिएको तर हामीले मात्र गर्न नसक्ने हुदाँ त्यसका लागी केन्द्र र प्रदेशमा पहल समेत गरिरहेको छौं ” ।
नगरपालिकाले कुनै पनि आग्रह पुर्वाग्रह नराखी काम गरेको समेतउनले दावी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?