राष्ट्रपति रनिङ शिल्डको उपाधि होरालो सारद शिक्षा सदनलाई

भानु : तनहुँको भानु नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि होमराज लोहनी सारद शिक्षा सदन माध्यमिक विद्यालयले जितेको छ ।

“ स्वास्थ्यको लागि खेलकूद, राष्ट्रको लागि खेलकूद ” भन्ने नाराका साथ भानु नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भानु–२ स्थित सुन्दर प्राविको गोठेरी खेल मैदानमा विहिबार देखि शनिबारसम्म भएको भानु नगरस्तरीय चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा होमराज लोहनी सारद शिक्षा सदन मावि प्रथम भएको हो ।

नगरपालिकाका क्षेत्रका २० वटा सामुदायिक मावि, आधारभूत विद्यालय र ३ वटा संस्थागत गरी २४ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको प्रतियोगितामा ८ स्वर्ण, ४ रजत र ३ कास्य पदक गरी १५ अङ्कका साथ होरालो माध्यमिक विद्यालय नारेश्वरटार भानु २ ले चौथो राष्ट्रिपति रनिङशिल्डको उपाधी हात पारेको हो ।

प्रतियोगितामा कालिका मावि भानु ९ डुम्रिखर्क ५ स्वर्ण, ४ रजत र ४ कास्य पदक गरी १३ अङ्कका साथ दोस्रो भएको छ । राष्ट्रिय मावि मयाखु ४ स्वर्ण, ३ रजत र १ कास्य पदक गरी ८ अङ्कका साथ तेस्रो भएको शिक्षा शाखाका प्रमुख ध्रुवराज पौडलले जानकारी दिए ।

भलिबल, कबड्डी र एथलेटिक्स विधामा गरी जम्मा ३० वटा इभेन्टहरूमा भएको प्रतियोगितामा प्रथम हुने होमराज लोहनी सारद शिक्षा सदन माविले नगद २५ हजार नगद, रनिङशिल , शिल्ड र प्रमाण पत्र पाप्त गरेको छ ।

दोस्रो हुने कालिका मावि भानु ९ डुम्रिखर्कले नगद २० हजार नगद, शिल्ड र प्रमाण पत्र पाप्त गरेको छ भने तेस्रो हुने राष्ट्रिय मावि मयाखुले नगद १५ हजार नगद, शिल्ड र प्रमाण पत्र पाप्त गरेको छ ।

प्रतियोगितामा सर्वाधिक ४ स्वर्ण पदक विजेता होमराज लोहनी माविकी सुनमाया गुरुङलाई स्थानीय यदुनाथ न्यौपाने र भक्त बहादुर कुँवरले भानुभक्तीय बिर्खे टोपी र नगद १० हजारले पुरस्कृत गर्नु भएको थियो ।

यसपटक भानु नगरपालिकाले यसै प्रतियोगितालाई मध्यनजर राखी सबै माविहरूलाई खेल सामग्री समेत बितरण गरेको प्रमुख प्रशासकीय अधिकृत दीपकराज खतिवडाले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?