नामिबियाविरुद्ध नेपाल दुई विकेटले विजयी

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले नामिबियाविरुद्ध जित निकालेको छ । मंगलबार त्रिवि मैदानमा नेपालले १४ बल बाँकी रहँदै दुई विकेटको जित निकालेको हो ।

नामिबियाले प्रस्तुत गरेको २८६ रनको लक्ष्य नेपालले ४७.४ ओभरमा आठ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गरे । योसँगै भुर्तेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट शतक प्रहार गर्ने चौथो खेलाडी बने ।

यसअघि, नेपाली टिमबाट पारस खड्का, दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?