थर्पुमा चौंथो म्याग्दे गाउँपालिका स्तरिय कृषि मेला हुने

दमौली :तनहुँको म्याग्दे गाँउपालिका–४  स्थित थर्पु बजारमा चौंथो म्याग्दे स्तरिय कृषि मेला हुने भएको छ । जनसेवा सहकारी संस्था लिमिटेड द्वारा आयोजित म्याग्दे स्तरीय चौथो कृषि मेला प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम गर्न लागिएको हो ।

आईतबार दमौलीमा पत्रकार सम्मेलन गर्दै  आगामी फाल्गुन १३ गते शनिबार कृषि मेला तथा साँस्कृतिक  कार्यक्रम गर्न लागिएको मुल समितिका संयोजक एवम् सहकारीकाअध्यक्ष दुर्गाबहादुर अधिकारीले उक्त कुराको जानकारी दिए।

कार्यक्रममा  म्याग्दे गाँउपालिकाका ७ वटै वडाका कृषकहरुले स्थानीय स्तरमा उत्पादित कृषि र कृषि जन्य बस्तुहरुको प्रदर्शनी गर्ने तथा पालिका स्तरिय कौरा नृत्य ,भेष भुषा,कृषि उत्पादनको विक्री वितरण गरिने सहकारीका सचिब जितराज रानाले बताए ।

कृषि प्रदशनीमा सहभागी हुने कृषकहरुलाई निशुल्क स्टल तथा सामान ढुवानीका लागि यातायातको समेत व्यवस्थापन गरिएको सहकारीका संस्थापक अध्यक्ष तिर्थनारायण मल्लले जानकारी दिए ।

कुल ६ सय २० जना सेयर सदस्य आबद्ध रहेको उक्त सहकारीले चौथो पटक आयोजना गर्न लागेको कृषि प्रदर्शनी मेलामा एक सय ५० भन्दा बढी स्टल रहने र  पुरस्कृत हुने कृषकहरुलाई कृषि औंजार प्रदान गरिने आयोजकले जनाएको छ  ।

व्यवसायीक रुपमा कृषि तथा पशुपंक्षिपालक किसानलाई यस पेशा प्रति आकर्षित गराउने तथा हराउदै गएको हार्ट बजारको प्रबर्द्धन गराउने उदेश्यले उक्त प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम गर्न लागिएको आयोजकले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?