देउवाले गरे राष्ट्रपतिमा रामचन्द्रको नाम प्रस्ताव

दमौली : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम प्रस्ताव गरेका छन् ।

कार्यसम्पादन समितिको बैठक अघि पार्टी कार्यालयमा बसेको अनौपचारिक बैठकले पौडेलको नाम प्रस्ताव गरेको हो ।

यससँगै सो नाम अनुमोदनको लागि कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

सो बैठकमा देउवाले औचारिक रुपमा पौडेलको नाम प्रस्ताव गरेका छन् ।

फाइल तस्बिर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?