प्रचण्डले भने : एमाले करिब करिब प्रतिपक्षमा गयो, अब नयाँ सरकार बन्छ

काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलबीच राष्ट्रपतिमा भएको सहमतिपछि एमाले लगभग प्रतिपक्षी दल भएको बताएका छन् ।

महेन्द्र नारायण निधिको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले कानुनी र प्रक्रियाको हिसाबले अब नयाँ प्रक्रियामा नयाँ सरकार बन्ने वा पुनर्गठन हुने बताएका हुन् ।

‘८ दलको बीचमा भएको राष्ट्रिय सहमति नै हो भन्ने मेरो बुझाई छ । किनभने हामी मिल्न जरुरी थियो । सबैलाई राजनीतिक प्रक्रियामा लान पनि यो आवश्यक थियो । एमाले पनि कतै जान सक्ने स्थिति छैन । प्रतिपक्षमा जानु सक्नुहुन्छ । करिब करिब जानुभयो । राप्रपाका मन्त्रीले पनि राजीनामा दिएका छन्’,

उनले भने, ‘सम्भवतः कानुनी हिसाबले नयाँ प्रक्रियातिर जानु नै पर्छ । सरकार नयाँ बन्छ वा पुनगर्ठन हुन्छ आदि इत्यादि । तर फेरि पनि एमालेको सभामुखबाट फुत्किएर जाने अवस्थामा छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?