
दमौली : तनहुँको दमौलीमा पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) तनहुँ जिल्ला कमिटीको आयोजनामा व्यास नगरपालिका -३ दमौलीको खुल्ला मैदानमा “प्रथम शहिद स्मृति कप “भलिवल प्रतियोगिता आयोजना गरिएको हो ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एव वाईसीएलका केन्द्रीय अध्यक्ष सुबोध सेर्पालीले प्रतियोगिताको उद्घाटन खेलकुद क्षेत्रको बिकासका रास्ट्रको समेत बिकासमा सहयोग पुग्ने बताए । युवा र खेलकुद क्षेत्रको विकासका लागि खेल क्षेत्रको बिकाससंगै रचनात्मक कार्यमा युवाको सहभागीता अनिवार्य रहेको बताए ।
प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार,दोस्रो हुनेलाई २५ हजर र तेस्रो हुनेले १० हजार रुपैयाँका साथ प्रमाणपत्र प्रदान गरिने वाईसीएल तनहुँका जिल्ला अध्यक्ष केहर सिँ आले( बादल) जानकारी दिए ।
१० वाटै पालिका र आयोजक टिम गरी ११ टिम सहभागी रहेको खेल आज देखि २१ गतेसम्म संचालन हुने जनाएको छ ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीयका केन्द्रीय सदस्य हेमराज लामिछाने, जिल्ला संयोजक ओम आले( मदन), व्यास नगरपालिका नगर अध्यक्ष रामचन्द्र पोख्रेल लगायतका उपस्थित रहेको थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?