भिमादमा एन्फाको कम्युनिटी कोचिङ कोर्च सुरु

भिमाद : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) तनहुँको आयोजनामा कम्युनिटी कोचिङ कोर्ष भिमादमा सुरु भएको छ । ३ दिन सम्म संचालन हुने कम्युनिटी कोचिङ कोर्ष बिहिवार देखि भिमादमा सुरु भएको एन्फाका महासचिव नविन श्रेष्ठले जानकारी दिए ।

उक्त कार्यक्रमको भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले उद्घाटन खेल क्षेत्रको बिकासमा भए मात्र अहिलेका युवा वर्गमा भएको नकरात्मक विचार सकरात्मकमा परिवर्तन हुने बताए । उनले स्थानीय सरकार मात्र नभए खेलकुदलाई अगाडी बढाउन प्रदेश र केन्द्र सरकारले पनि सहयोग गर्नुपर्ने बताए ।

फागुन २१ गतेसम्म सञ्चालन हुने कार्यक्रममा प्रशिक्षार्थीहरुलाई हेड अफ कोच एजुकेशन सञ्जित सिंह, प्रदेश ३ का प्रशिक्षक चेत नारायण श्रेष्ठले प्रशिक्षण दिने एन्फाका महासचिव श्रेष्ठले बताए  ।

प्रशिक्षण कार्यक्रममा तनहुँ, गोरखा, स्याङ्जा र नवलपुर गरी ३० जना प्रशिक्षार्थीहरुको उपस्थिति छ । एन्फा कम्युनिटी डि लाइसेन्स सम्बन्धी प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको एन्फा तनहुँका अध्यक्ष सत्यभक्त पालिखेले जानकारी दिए ।

कार्यक्रममा नेपाली काङ्ग्रेस तनहुँ क्षेत्र न २ का क्षेत्रीय सभापति चुडामणि खनाल, नगर खेलकुद विकास समितिका अध्यक्ष प्रेम बहादुर थापा लगायतले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?