आदर्स कप फुटबलकाे फाइनल आज ,आयाेजक र अकला गाउँवेशि क्लव भिड्दै

दमौली : तनहुँको म्याग्दे गाउँपालिका वडा नं ४ मनहरी स्थित अादर्श नमुना क्लवकाे अायाेजनामा मनहरीमा सञ्चालन भएको एघारौं अादर्श तथा छैठाैं तारा स्मृति कप फुटबल प्रतियोगिताकाे फाइनल खेल अाज हुने भएको छ ।

फाइनल खेल दिउँसो २ बजे हुनेछ । सुक्रवार भएको सेमिफाइनलमा अकला गाउँबेसि युवा क्लब बि लाई पराजित गर्दै अायाेजक अादर्स क्लव फाइनलमा पुगेको हाे । उक्त प्रतियोगितामा अायाेजक अादर्श २ / ० ले बिजय भएको थियो ।

यस्तै अर्को सेमिफाइनल खेलमा अकला गाउँबेसि युवा क्लबले डिजि युनाइटेड क्लव लाई ३ / १ ले पराजित गर्दै फाइनलमा पुगेको क्लवका अध्यक्ष मलिन मल्लले बताए ।

” युवाको कामना , सकारात्मक परिवर्तनमा अादर्श नमुना ” भन्ने नारा सहित सेभेन ए साइड फुटबल प्रतियोगिता म्याग्देकाे मनहरि फुटबल मैदानमा भइरहेको छ । फागुन १९ गतेदेखि सुरु भएको खेल फागुन २७ गते सनिवार सम्पन्न हुनेछ ।

प्रतियोगितामा ३२ टिमकाे सहभागीता रहेको थियो । प्रतियोगितामा बिजेता लाई १ लाख रूपयां तथा उपबिजेतालाइ ५० हजार रूपयाँ नगद प्रदान गरिने क्लवका निवर्तमान अध्यक्ष गाैरब राज रानाले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी , सर्वाधिक गाेलकर्ता , उत्कृष्ट गाेलरक्षक र उत्कृष्ट डिफेन्डर लाई समेत पुरस्कारको ब्यबस्था गरिएको रानाले बताए । क्लवले २०६८ सालदेखि हरेक बर्ष फुटबल खेल प्रतियोगिता गर्दै अाएकाे छ ।

तनहुँ फुटबलको इतिहासमा ११ बर्ष सम्म अनवरत रूपमा प्रतियोगिता अायाेजना गर्ने अादर्श नमुना क्लव मात्रै रहेको क्लवले दाबि गरेको छ । क्लवले निर्माण गरेको खेलमैदान म्याग्देमै उत्कृष्ट समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?