
दमौली : तनहुँमा सवारी दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
बन्दीपुर गाउँपालिका-१ नाहालास्थित पृथ्वी राजमार्गमा शनिवार बाग्मती प्रदेश ०६-००१ ज ००१७ नम्बरको सवारी दुर्घटना हुँदा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दमौलीबाट डुम्रे जाँदै गरेको गाडी अनियन्त्रित भएर भित्तामा ठोक्किएर दुर्घटना भएको हो ।
घाइतेमध्ये ७ जनालाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा अस्पताल र ४ जनालाई पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?