काठमाडौं : राष्ट्रपति निर्वाचित भएपछि रामचन्द्र पौडेल नेपाली कांग्रेसबाट अलग भएका छन्। सोमबार राष्ट्रपतिको शपथ गर्ने कार्यसूची रहेकाले आइतबार नै उनले पार्टी कार्यालयमा आफ्नो राजीनामा बुझाएका हुन् ।
पार्टी कार्यालयका सचिवका अनुसार पौडेलको राजीनामा पत्र उनका निकट सहयोगी खिला कार्कीले बुझाएका हुन् ।
पौडेलले आज कांग्रेस केन्द्रीय कार्यालयमा पत्राचार गर्दै आफू राष्ट्रपतिमा निर्वाचित भएकोले पार्टी सदस्यबाट अलग भएको जानकारी गराएका छन्।
कांग्रेस वरिष्ठ नेतासमेत रहेका पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?