
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी शीतलनिवासबाट तत्कालका लागि छोरीको घरमा जाने भएकी छन् ।
आज नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै भण्डारी शीतलनिवासबाट बाहिरिन लागेकी हुन् ।
भण्डारीको दुई कार्यकाल गए रातिदेखि सकिएको छ । भण्डारी यसअघि काठमाडौंको बूढानीलकण्ठस्थित निजी निवासमा सर्ने तयारीमा थिइन् । तर, त्यहाँ मर्मतको काम बाँकी रहेकाले तत्कालका लागि छोरीको घरमा बस्ने उनका स्वकीयसचिव भेषराज अधिकारीले जानकारी दिए ।
“निवास तयार भएको छैन । छोरीको घरतिर जानुहुन्छ होला,” उनले बाह्रखरीसित भने ।
उनका अनुसार भण्डारीको छोरीको घर काठमाडौंकै महाराजगन्ज, बानियाँटार क्षेत्रमा पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?