तनहुँ १ र बारा २ मा वैशाख १० गते नै उपनिर्वाचन

दमौली : निर्वाचन आयोगले तनहुँ १ र बारा २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ।

सोमबार बसेको आयोगको बैठकले चितवन २ सँगै बारा २ र तनहुँ १ मा पनि वैशाख १० गते नै उपनिर्वाचन गर्ने निर्णय गरेको हो।

आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम बैशाख १० गते उपनिर्वाचन गर्ने जनाएको छ।

यसअघि चितवन २ बाट निर्वाचित रबि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गर्दा त्यहाँ बैशाख १० गते उपनिर्वाचन गर्ने आयोगले निर्णय गरेको थियो।

यस्तै, तनहुँ १ बाट विजयी भएका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र रिक्त भएको हो।

त्यस्तै, बारा २ बाट विजयी भएका रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुदाँ सो क्षेत्र रिक्त भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?