काठमाडौं : साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा भारतसँग ४–१ को फराकिलो हार व्यहोरेको छ ।
बंगलादेशको ढाकामा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालविरुद्ध सहज जित दिलाउन भारतकी सिल्जी साह्जीले ह्याट्रिक गर्दा पूजाले एक गोल गरिन् । नेपालकी वर्षा ओलीले एक गोल फर्काएकी थिइन् ।
खेलको दशौँ मिनेटमा साह्जीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । ४०औँ मिनेटमा साह्जीले नै भारतको अग्रता दोब्बर पारिन् ।
त्यसको एक मिनेटपछि नै पूजाले गोल गर्दै भारतको अग्रता ३–० मा पुर्याइन् । खेलको ५४औँ मिनेटमा वर्षाले नेपालका लागि एक गोल फर्काएकी थिइन् । तर, ८०औँ मिनेटमा साह्जीले ह्याट्रिक गरेपछि भारतले ४–१ को जित निश्चित गरेको थियो ।
प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रूसको सहभागिता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?