राष्ट्रिय युवा संघ तनहुँको अध्यक्षमा मदन

दमौली : नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल तनहुँको अध्यक्षमा मदन तिमल्सेना चयन भएका छन् ।

शनिवार सम्पन्न नवौ जिल्ला अधिबेशनवाट अध्यक्षमा तिमल्सेनालाई चयन गरेका हुन्।

उपाध्यक्षमा सुरेन्द्र तामाङ, सचिबमा बसन्त पौडेल चयन भएका छन्।

उप-सचिबमा माधव थापा, सन्तोष राना र कोषाध्यक्षमा वीर बहादुर लामा चयन भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?