दमौली : तनहुँ -१ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेस तनहुँ नं १ ले उम्मेदवारी आव्हान गरेको छ ।
नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ का क्षेत्रीय सभापति श्यामकुमार मौरतीको अध्यक्षतामा बिहिबार बसेको पदाधिकारी बैठकले उम्मेदवारी आव्हान गरेको हो ।
नेपाली कांग्रेस क्षेत्र नं १ का प्रवक्ता हरिप्रसाद मिश्रले जानकारी दिए अनुसार पार्टीको तर्फबाट उम्मेदवार बन्न इच्छुक व्यक्तिहरुले चैत ११ गते ३ बजे सम्म उम्मेदवारी दर्ता गराई सक्नु पर्नेछ ।
त्यस्तै बैठकले तनहुँ क्षेत्र नं १ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई ज्ञापन समेत गरेको छ ।
बैठकमा नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनाल ,जिल्ला सदस्य डम्बर अधिकारी , प्रदेश सभापतिहरु विश्वेश्वर खनाल ,काजीमान श्रेष्ठ र क्षेत्रीय कार्य समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?